Saturday, April 30, 2011

गजल - 'अझै सम्म'

अझै सम्म किन हामि जङलभित्रै बाँचिरा'छौं ।
गन्नलाई मकैगेडी दश औंला भाँचीरा'छौँ ।

समकक्षी मानवले वस्ती सारे चन्द्रलोक
हामि अझै खरबारीको चप्लेटीमै नाचिरा'छौं ।

धर्मलाई अध्यात्ममा ढाली सक्यो विज्ञानले
हामि भने मन्त्र जप्ने संस्क्रितीमै हाँसीरा'छौं ।

सवै मन सवै तन उस्तै मान्छ दुनियाँले
हामि चाहिँ हामी भित्रै ठुलो सानो जाँचीरा'छौं ।

कुरितीले सधैं थाप्लो किच्दा पनि किन हामि
जिन्दगिनै हैन जस्तो जिन्दगानी साँचीरा'छौं ।

आनन्द भट्टराई "गाउँले"

Wednesday, April 27, 2011

गजल - 'के लाग्छ र'


मेरो बोली शिशाको गोली मान्छौ भने के लाग्छ र ।
दिगो माया खहरे खोली ठान्छौ भने के लाग्छ र ।

मुटु भित्र धड्कनसंगै धानिराख्छु भन्दा पनि
वाचा मेरो वतास सरि खान्छौ भने के लाग्छ र ।

खडेरीमा बाँचेर आँफु मेरो सागर सुम्पे पनि
मुगामोती सागर बाट छान्छौ भने के लाग्छ र ।

खुशी लिन चुकेनौ कहिं जति दिन्थें मैले सधैं
आज मेरो परेली रुझ्दा जान्छौ भने के लाग्छ र ।

मेरो मनको शिंहासनमा सजाएको एक चिनो
फिर्ता मागी तिम्रो तस्बिर लान्छौ भने के लाग्छ र ।

 आनन्द भट्टराई "गाउँले"

गजल - 'प्रवासीको आँशु झार्ने'


प्रवासीको आँशु झार्ने गजल अब लेख्दिन भो ।
तितो सत्य सेतै पार्ने गजल अब लेख्दिन भो ।

गहभरी आँशु पार्दै मातृभूमी छोड्नुपर्दा
आँशुलेनै दु:ख टार्ने गजल अब लेख्दिन भो ।

फर्केपछी जिन्दगीको भंगालोचैँ छेक्छु भनि
आफुदेखी आफै हार्ने गजल अब लेख्दिन भो ।

भोग्नु जे छ भोगेकै छन् जस्ले छोडे मातृभूमी
मुग्लानीको पिडा खार्ने गजल अब लेख्दिन भो ।

दोस दिंदै देशलाई बिदेशिनु हुन्न रै'छ
राष्ट्रप्रेमी मन मार्ने गजल अब लेख्दिन भो ।

आनन्द भट्टराई "गाउँले"



Note:- This creation is created on the basis of GHAYAL's tarahi musayara part 6.

गजल - 'नयाँ बर्षमा'



सम्पुर्ण अग्रज सर्जकहरु, समकालिन मित्रहरु अनी दाजु भाई दिदि बहिनिहरुमा नव बर्ष २०६८ को हार्दिक मङ्गलमय शुभकामना टक्र्याउंदै कोसेली स्वरुप यो गजल लिएर आएँ स्विकारिदिनु होला :-

नयाँ बर्ष नयाँ कर्म संगै शुरु गरौं सबैले ।
मात्रित्व र भात्रित्वको बिज अब छरौँ सबैले ।

खोज्न थालौं कर्म रेखा मिली जुली चेली माइती
फोस्रिएमा इच्छा शक्ति नवरस भरौं सबैले ।

भित्रिएका यो बर्षमा उन्नतिका लहरहरु
अभिभारा हाम्रै हुन बोकी गंगा तरौँ सबैले ।

कामनाले भेटिदैन इच्छाएका प्रगतीलाई
कर्तव्यमा लीन भइ एक चोटि मरौं सबैले ।

माता पिता सन्ततिझैँ रमी एकै धुरी मुन्तिर
लेक हुँदै शान्ति लिई औल तिर झरौँ सबैले ।

आनन्द भट्टराई "गाउँले"

गजल - 'किन खोज्छौ'


शिर टेकी मेरै तिमी साहाराको हात खोज्छौ ।
वेवास्ता छ शुभदिन विलाशीको रात खोज्छौ ।

सवै खुन सवै मान्छे एउटै हो भन्दापनी
एकोहोरो किन तिमी टुप्पिवाला जात खोज्छौ ?

दिन काट्ने संगी सँग हैन सानु पैसा सँग
नबुझेरै होकी किन द्रव्यको त्यो खात खोज्छौ ?

जूनतारा झारिदिन्छु भन्नेले खै कहाँ झारे
वुझाँउछु फेरि किन असम्भव वात खोज्छौ ?

ग्रिस्म बनी सुकाएर झार्न खोज्छौ मलाइनै
किन फेरि वसन्तको पाउलिंदो पात खोज्छौ ?

आनन्द भट्टराई "गाउँले"

गजल - 'भन'

लुकिछिपी  तिम्रो  वास  किन  खोली तार्यौ भन ।
अनयाशै   आँशु   झारी   किन  माया मार्यौ भन ।

मेरो   साथ    हुंदाहुंदै   अर्को   साथ   चाहान्नथ्यौ
प्रतिज्ञा  त्यो तोडी किन गाउँ वस्ती चार्यौ भन ।

अंगालोमा   कसिकसी   माया   लियौ   सधैं  मेरो
छोडी   सबै   आज किन विचल्निमा पार्यौ भन ।

गुलावझैँ     फक्रिएर    तिम्रै    शिरमा    फुलिरहेँ
यो डालीको फूल टिपी कुन डालिमा सार्यौ भन ।

रुपवती    गुणवती     अप्सराको     चाल   थियो
आज  कस्को  मोहनीले  फोस्रो   रुप धार्यौ भन ।

आनन्द भट्टराई "गाउँले"

नोट:- "घायल"को तरही मुसयरा ३ को आधारमा रचित गजल ।

गजल - "रुन्न आमा"


खुसिसाथ  बाँच्ने  मन  दुखाएर रुन्न आमा ।
स्वाभिमान   कोहिसामु  चुकाएर रुन्न आमा ।

आइपर्ने   कस्टहरु   जिम्मेवारी   लिन्छु   सबै
निच   भइ   ठाडो शिर झुकाएर रुन्न आमा ।

बाचुन्जेल   रमाएर   सेवा   गर्छु   तिम्रो सधैं
सेवा   गर्ने  हातपाउ   सुकाएर   रुन्न   आमा ।

विधाताको     डडेलोले   चाह   सबै   जलेपनी
यो मनको पिर व्याथा फुकाएर रुन्न आमा ।

यथार्थको  भोगाइ   यो दुई छाक खोले फाँडो
सुख भनि दु:ख जति लुकाएर रुन्न आमा ।
 
आनन्द भट्टराई "गाउँले" 

नोट:- "घायल"को तरही मुसयरा ४ को आधारमा रचित गजल ।

गजल - 'मेरो परदेशी छोरो'

एउटी आमाले आफ्नो परदेश गएको छोरालाई सम्झदै मनमा के के कुरा सोच्लिन त ? अवस्य पनि अनगिन्ती । तिनै सोचाइ मध्ये केहीलाई आज म आमा भएर यो गजलको रुप दिने प्रयास गरेको छु । यहाँहरुलाई कस्तो लाग्यो होला त ?

गजल:-
  
विना   कसर   मेरो   छोरा   कसै सामु झुक्नुपर्यो की ।
शिखर   चुम्ने   लक्ष्य   उस्को विचबाटै चुक्नुपर्यो की ।

रातमा   जुन   हेर्नु   आमा   मेरो याद आउंदा भन्थ्यो
चस्केर   दुख्छ   मुटु   सधैं  अघि बढ्दा रुक्नुपर्यो की ।

नत   खबर     नत   चिठ्ठी    परदेशको  घामपानीमा
लखतरान      भोकभोकै     टुहुरोझैँ    सुक्नुपर्यो    की ।
 
बालापनको    तातेताते   मस्त   निन्द्रा   मेरो काखको
सपना देखि व्युँझी हेर्दा आफ्नै भाग्य थुक्नुपर्यो की ।
 
वलिन्द्र  आँशु   यहाँ   मेरो  हेरी   वस्छु  आउने   बाटो
वार्हैकालको     आँधीहुरी    कस्टबाट    लुक्नुपर्यो   की ।


आनन्द भट्टराई "गाउँले"

गजल - "कस्तो हुन्छ ?"


पशु   ठान्नेले  आफ्नै  पाउ कसि  हेर  कस्तो हुन्छ ?
जोगी ठान्नेले खरानी त्यो घसी हेर कस्तो हुन्छ ?

अरु   जनको   रगतको   खोली   बग्दा  किन  हाँस्छौ
आफुलाइनै    तिखो    छुरा   धसी   हेर   कस्तो हुन्छ ?

निर्दोस     हामि     प्रजालाई     कति   गर्छौ अतिचार
निरङ्कुसको    पिंजडामा    वसी    हेर    कस्तो हुन्छ ?

दमन    तिम्रो    जनताले   पा'को  ख्याल   हुन्न भने
अत्याचारको    पिडा    भित्र   पसी  हेर  कस्तो  हुन्छ ?
 
यो  प्रजातन्त्र  भन्दै   आज कुन तन्त्र लाद्न खोज्छौ
प्रजातन्त्रको    बिधी   लेख्ने   मसी    हेर कस्तो हुन्छ ?

गिठ्ठा    भ्याकुर    के    थाहा   र  महलमा वस्नेलाई
भोकमरिमा    एक    चोटि    फसी    हेर कस्तो हुन्छ ?
आनन्द भट्टराई "गाउँले"

"Ghayal" ko tarahi musayara 2 maa anubandhit.

गजल - "निस्ठुरी हुँ भन्नेले पनि"

निस्ठुरी   हुँ   भन्नेले पनि मायाको सागर पोख्न थाल्यो ।
व्युँतेर   आज   मनले   फेरि   उसैको बारे सोच्न थाल्यो ।

म      विरक्तिएर     विरानो     वस्तिमा    यात्रारत   भएनी
बिना   लक्ष्य   टोलाई  हिँडेका पाउले गती रोक्न थाल्यो ।
 
वेकार   भएँ   वेहाल    भएँ   त्यो   नशालु  मायामा फसी
तैपनि   आज  फाटेको  मन सिउँकी भनि सोच्न थाल्यो ।

म एक्लै जिउँछु एक्लै मर्छु भनि कसम खान्छु भन्ने
एकान्त  प्रिय  दिलले पनि कसैको साथ खोज्न थाल्यो ।

प्रियसीको   साथले   यो    जीवन   फूल्ने   आभाशले अब
सयौँ   फूलका    थुंगाबाट   मन पर्ने   यौटा रोज्न थाल्यो ।


आनन्द भट्टराई "गाउँले"


  नोट - "घायल"को तरही मुसयारा १ मा अनुबन्धित गजल ।

गजल - "अनुरोध"

हरपल     यो,     धडकनमा    आउ ।
तिमी    अमर   प्रेमका,  गीत गाउ ।

शुन्यताको    रापले,   जलेको  छु म
त्यो  स्पर्शको  मलम,  लगाइ जाउ ।

चुकेर   जाओस,  त्यो आकाश बरु
तर   कहिल्यै    नचुक्ने,  प्रित लाउ ।

यो   जोवन    तिम्रै, यो यौवन तिम्रै
स्विकारेर  प्रिय,  यो   दिलमा छाउ ।

त्यो इच्छाको फल, दैवले दिन्छन
स्वर्ण  सपना  बोकी,  मन्दिर धाउ ।

हाम्रो   कसम   तोडी,  हिहेर  तिमी
नपारिदेउ      है,   यो   मुटुमा    घाउ ।


आनन्द भट्टराई "गाउँले"

गजल - "जीवन"

खुशीको   क्षण  नसकिदै,  ओइली   झर्ने  कस्तो  जीवन ?
सुखमा  पनि  दु:खको गीत, गाई मर्ने कस्तो जीवन ?

दैव   लाग्दा    आफूलाई,  अरु सामु तेर्सिएर रुन्छ यो
सधैं    पराइको   आँशुमाचैँ,   हाँसो  छर्ने  कस्तो जीवन ?

सुन्दर   भावनामा    प्रकृतिको,  बहुमुल्य निधी जस्तो
तर  यथार्थमा   विनाभाव,   आफै   टर्ने   कस्तो  जीवन ?

रित्तो हात आउँछ यो, अनी भन्छ यो विश्व मेरोनै हो
सास    रहुन्जेल   घमन्डकै,  घैला   भर्ने  कस्तो जीवन ?

ठटैमा    वाल्यकाल   र   वैँस,    अनी   सिधै  बुढेसकाल
जिउनुको    स्वादनै   नपाई,   वित्नु   पर्ने कस्तो जीवन ?


आनन्द भट्टराई "गाउँले"

गजल - "हाम्रो माया"

यो  पवित्र  माया  हाम्रो,   गगनचुम्बी  पारौं  अब ।
टाढीएको    देहलिला,   एकै   ठाउँमा   नारौं  अब ।

क्षितिज   तोडी  चुम्न  तिमीलाई, आएँ म फर्केर
अधकल्चो   जवानीलाई,   सामिप्यले  खारौँ अब ।

नक्षत्र  ती   आकाशमा,  हाम्रै नीम्ति चम्किदैछन
तिनकै  ज्योति  लिएर, प्रितको  विश्व चारौं अब ।

 फुलैफुलको     रणभुलमा,    झुलेर   नबसौँ    भो
गन्तव्यमा   लैजान,   कसमको   पुल तारौँ अब ।

यो  फक्राउँदो   फूल   झार्न,  सिमा तोडे दुनियाँले
उर्ली   आ'को   सुनामीलाई,   शाहासले  वारौँ अब ।

यो मायाको सिँढी चड्दै, गर्जिने त्यो मेघ तोडी
इर्स्यालु   वादल   पनि,   वर्सा   बनाइ झारौँ अब ।


आनन्द भट्टराई " गाउँले"

गजल - "म"


डग्दिन   हेरिराख,  तिम्रो  आकाश   खस्दा  पनि ।
बाँधिन्न  म  कतै,  वैंसको  डोरीले कस्दा पनि ।

सधैं  आकाश  ओड्दै,  माटो खाने मान्छे म त
मर्दिन  म  साँप  भै,  यो   ह्रिदयमा  डस्दा पनि ।

म त यसै माया खोज्ने, मायाको भिखारी न हुँ
डराउदिन     तिमिलेनै,    खरानी   घस्दा   पनि ।

हरपल   एक्लै    जिउन,  सिकेको   मान्छे  म त
क्यै छैन  तिमी अर्कै,मायाजालमा फस्दा पनि ।

यो   रगतको   खोलीले,  तिमी  प्यास  मेट  बरु
ढल्दिन म यै छातीमा, तिखो छुरा धस्दा पनि ।

आनन्द भट्टराई  "गाउँले"

गजल - "म नेपाली"

हजार   टुक्रा   गरि   काटेनी   मलाई,   मर्दिन   कहिल्यै ।
आमा   बिर्सी  स्वार्थमा,  पराइको सेवा गर्दिन कहिल्यै ।

विजयको   शिखर   चुम्न  म,   भिरको   यात्रा गर्छु बरु
शिवजीको   नाम   जप्दै,   हारेर   उँधो   झर्दिन कहिल्यै ।

मेरै   पारिलो   पाखामा   उब्जेको,   पाउँदुरे   ढीँडो  छोडी
सित्ताको लागि म,सामन्तीको कित्तामा सर्दिन कहिल्यै ।

 डटेर   भिड्छु    वैरी    सँग,   बन्छु   शहिद   आफैं   बरु
तर    शहिदको    नाममा   शतबिज,    छर्दिन   कहिल्यै ।

फुलको   बाटो   रोज्दै   म,   काँडामा हिँडाइ सन्ततीलाई
आमाको  पेट   राख्दै   भोको,   मेरो  पेट भर्दिन कहिल्यै ।

आनन्द भट्टराई "गाउँले"

गजल - "मेरो प्रेम दिवस"

अर्कै कुरा  सोच्यौ   सधैं, मैले माया गर्दाखेरी ।
वल्ल चाल  पायौ  आज,  मेरो माया टर्दाखेरी ।

ती   औंशीको   रातमा,   पुर्णिमा भई  आइरहेँ
मुस्कुराउछौ  आज  किन,  म ज्युँदै   मर्दाखेरी ।

संगै   रहुँ   सधैं    भन्दा,  अत्तालियौ  वेजोडले
हर्सले   नाच   अब,   मैले    सागर    तर्दाखेरी ।

तन  मन  दिंदा  पनि,धन खोज्दै गयौ तिमी
नरोउ   अब   त्यहि   धनमा,   अर्कै   चर्दाखेरी ।

तिमी   रोएको   पल,   मैले  आंशु   पुछिनैरहें
रम्छौ   किन  भावीले,  म आफैलाई हर्दाखेरी ।

तिम्रै   यादमा  म यसै,  सधैं टोलाई बसौंला
प्रेम    दिवस   मान,   मलाई   बज्र   पर्दाखेरी ।

आनन्द भट्टराई "गाउँले"

गजल - "पश्चाताप"

पार्यौ  मलाइ  खाल्टोमा,  मैले  उचाइ   ठान्दाठान्दै ।
ओइली झर्यौ  तिमीत खै, मैले फूल मान्दामान्दै ।

इच्छा    तिम्रो     पूरा  गर्न,   चढाएँ मैले शिखरमा
ओर्लि गयौ के   गरुँ  म, पहाड  बनी   धान्दाधान्दै ।

बगैंचाको     फुलहरुमा,    तिमी   एक   फूल थियौ
फुत्काइ लाग्यो  अर्कैले, पासो लगाइ तान्दातान्दै ।

पिरतिमा     म,     झरनाझैं     झरेँ    कैयौं  भेल तरेँ
तर  तिमी   वगिछौ   कहाँ, अर्कै संगी छान्दाछान्दै ।

फुलनै      सम्झी      भमरा    भै,   भुमिरहें   वरिपरि
निरस छु आज, त्यो मेरो भुल भनि जान्दाजान्दै ।

आनन्द भट्टराई "गाउँले"

कविता - "जिन्दगानी"

सृस्‍टिकर्ताले सुसाङ्ख्य रुपी धर्तिमा,
पासवोर्ड इन्ट्री गरि एक क्लिक गर्दा
फाइल स्वरुप फुत्त खुलेको जिन्दगी हाम्रो ।
तिमीलाई त अझै महशुस छैन होला ।
हाम्रो डिजाइनर एउटै थियो ।
हाम्रो  पासवर्ड इन्ट्रिकर्ता एउटै थियो ।
तर निस्क्यौं फरक दुई फाइल, हामी ।
यो एक प्राक्रितिक अकाट्य नियममा अनुबन्धित छ ।

तिमी दुधकोशीको अत्याश् लाग्दो अविच्छिन्न शुसेलीसंगै
सधैं एकै दिशातिर बगिरहन्छौ । गईरहन्छौ ।
ठीक विपरित,
म थोरै कंचन वायु बनी
ऋतु फेर्दै, दिशा फेर्दै
गती फेर्दै, स्थान फेर्दै
निरन्तर् बहिरहन्छु ।
तिम्रो वहाव नियालिरहन्छु ।

म त तिम्रो साथ् लिन सक्छु ।
तिमीलाई चुम्न सक्छु ।
तर तिमी ? अहँ ।
सक्दैनौ, पटक्कै सक्दैनौ ।
त्यसैले प्रिय,
उठ , आफ्नो धरातल भन्दा अलिक माथि उठ ।
जसरी म तल झरेको छु ।
किन आफ्नो हठ त्याग्दैनौ ?
किन स्वार्थको झोली फ्याँक्दैनौ ?
रोक, तिम्रो वहाव रोक ।
र एउटा प्रितको दरिलो किलो यहाँ ठोक ।
हाम्रो भावना साटासाट गरौं ।
एकै छिन यो सन्नाटामा हराऔं ।
कतै भेटिन्छकी जिन्दगीको यथार्थता ।

हाम्रो भेट,
एक समानान्तर रेखाको दुई ध्रुव नहोस् ।
एक नदिको दुई किनारा नहोस् ।
बरु होस्,
एक भौतिक ज्यान र श्वासप्रश्वासको सम्बन्ध जस्तै ।
एक रथ र दुई पाङ्ग्राको सम्बन्ध जस्तै ।
आउ,
संगै हातेमालो गरौं ।
उकाली चढौ ।
ओराली झरौं ।
लुक्वा खोलामा कलकल बगौँ ।
हाम्रो मायाको भेल हामिनै तरौं ।

हामीले याद् राख्नु पर्छ,
एक दिन हामी डिलिट हुनै पर्छ ।
त्यो संगै हुन पनि सक्छ वा अघिपछी ।
यो पनि एक प्राक्रीतिक अकाट्य नियममा अनुबन्धित छ ।
तर केवल रित्तो अलौकिक हात लिएर ।
किनकी लौकिक वस्तु यहाँ सबै त्याग्नै पर्छ ।
यो विवशता हो ।
त्यसैले,
आउ , रमाऔँ ।
हाम्रो कुरुप डाह र स्वार्थ यही त्यागौं ।
एकले अर्कोको हात समाऔं ।
स्वच्छन्दताको आभासमा जिन्दगी बिताऔं ।
सिर्फ यही हो मेरो अनुरोध ।

आनन्द भट्टराई, गाउँले

गजल - "परदेशी भाईको दाजुलाई सन्देश"


ती प्रतिगामी शक्तिको पत्करलाई, गुन्द्रुकझैं खाँध्नु है ।
वहुल   जाति संस्कृतिलाई, राष्ट्रको अस्तिताले बाँध्नु है ।

दिनदिनै  त्यहाँ   आजकाल ,  विभेदको  राँको बल्दैछ रे
त्यसैले दाजु वन्धुत्वको भावना,अब सबैमा लाध्नु है ।

सामन्तको  बाढीले  अखन्डता   हाम्रो, फुट्दैछ रे चाँडो
सबै   भए  वैरी  सकेसम्म दायित्व, आफैलेनै काँध्नु है ।

बहुजाती       भाईहरु,      भड्कीन्छनकी       चितरबितर
भाइचाराको   छंदेउरीले,   सबै    एकै   ठाउँमा   छाँध्नु है ।

आमाको   एक   देह  टुक्रा टुक्रा पार्न, तम्सेलान जवान
राष्ट्रीयताको   लोहोरोले,  एकताको   शिलौटोमा   साँध्नु है ।


आनन्द भट्टराई, गाउँले

गजल - "वैराग"

कति   बाचौँ   अब विक्षिप्त यो आँशु पिएर खै ।
कतिन्जेल  राखौं   फाटेको  यो मन सिएर खै ।

फक्रेको  फूल  टपक्क   टिपी  सजायौ  चुल्ठोमा
के पायौ तिमिले? क्षणिक मस्तिमा जिएर खै ।

जस्को   निम्ति  बाचें  हरपल   त्यै भयो पराइ
भएं  खोक्रो  भएं   बोक्रो   सारा   मन   दिएर खै ।

कैलिझैं   वोल्दै   उनैलाई  डाक्दै   यो  जिन्दगीमा
वसन्त   सकियो     जिवनको    मेरो   खिएर खै ।

आँशु   लिएं   मुस्कान   दिएं सजाएं  दिलमा यो
आज   मै    बेहाल      उनैको   रोदन   लिएर   खै ।


आनन्द भट्टराई, गाउँले,

गजल - "दोधारे मायालु"

कस्को   यादमा   तडपियकी?, मेरो   साथ छोड बरु ।
आफैलाई  घुम्ती   बनाइ,  पाइला   अन्तै   मोड  बरु ।

तिम्रो इच्छा निभाइ, अंगाल्न तिमीलाई चाहन्न म
मनको    मायालु को छ तिम्रो, उतै प्रित जोड बरु ।

मेरो   माया   मेरो   समर्पण,  अब   त्रिप्त  भयौ क्यारे
युगौं   युग    नदेखिने,   बादलुको   घुम्टो  ओड   बरु ।

प्रेम   नगरिमा   फुल    फुलाउने,  धोको  होला तिम्रो
मगमगाउदो     फुल   रोजी,   त्यसैलाई    गोड   बरु ।

जूनी   काट्ने   दिगो  माया, लाउन  तिमिले सकिनौ
धेरै   सँग   माया   लाउने,   किर्तिमानचैं   तोड    बरु ।  


आनन्द भट्टराई "गाउँले"

"एक मनोबाद"

प्रतिक्षारत    प्रकृतिको , लाली   अहिले   टर्यो होला ।
मकै   चोरि   खाने   एक्लेढेडु, दुधकोशी तर्यो होला ।

कौवा   ल्याउथ्यो  खबर,न्याउली गाउने गीत सधैं
तीनको सामु   नहुदा    म, कतै बसाइँ सर्यो होला ।

परदेशिनु    मेरो    कर्म,   मन     बुझाउँ   म    कसरी
म हिड्ने उकाली ओरालीमा,अब लेउ पर्‍यो होला ।

फांटिलो   पिपलडाँडा   बेँशीको,  पर्म   अनी   वेठिमा
खेत साउने   साँगे  दाईको, मन   त्यसै मर्यो होला ।

परिश्रमी    हात   यी,     विवशतामा   विदेशिए   कठै
घर   माथिको   व्याडमानै,   हरिण म्रीग चर्यो होला ।

वर्सा     याममा     रमेपनी,    चैत्रमासको    वैरागमा
ढुंग्रेबाँसले    वुढ्यौलीको,   वश्त्र    सबै   छर्यो  होला ।  

आनन्द भट्टराई, "गाउँले"

गजल - "निस्ठुरी"

प्रेमरुपी   छुरी    बनी   यो   छाती   चिरेर   गयौ ।
टाल्दा टाल्दै मायाको जाली तिमी छिरेर गयौ ।

नफाटोस     प्रित   भनि    मन्दिरमा  भाकी   रहेँ
वेवास्तामै   तिमी   क्षितिज तोडी फिरेर गयौ ।

युगौं    टिक्ने    मायाको    उचाइ    मैले थपिरहें
तिमी   त्यहि   मायाको चुली  बाटै गिरेर गयौ ।

मायाको    वदला    तिरले    रोपी    मुटुमा   मेरो
यो    जूनीको    जीवनलाई    सधैं    पिरेर  गयौ ।

चोखो   माया    वैशालु   यौवन सुम्पेकै हो मैले
छोडी   सबै   मायाको   रित्तो झोली भिरेर गयौ ।  

आनन्द भट्टराई  "गाउँले" 

गजल - "पिरती"

पठाको छु चिनो मैले मायाको हाँसेर लाउनु है ।
गोधुलिमा कैली सँग मेरो पनि गीत गाउनु है ।

दुई  कोपिलाको  मायामा   कतै  वज्रपात  पर्छकी
फुलको  थाली   बोकेर   मन्दिर  पनि  धाउनु  है ।

अहिले रोपी भविस्यमा फक्राउनु छ माया हाम्रो
धाँजा फाट्ला बिचैबाट पिरतीको खेत साउनु है ।

धुरिबाटै   चुहिएर   माया   सुक्ला  छिट्टै वलेनी
वेलावखत  पिरतीको  छानो  तिमिले छाउनु है ।

मध्यान्नको शिर्सिरेले तिमीलाई निम्तो दिन्छुम
बेहुली    बनी    मुसुक्क   मुस्कुराउदै   आउनु   है ।


आनन्द भट्टराई , गाउँले

गजल - "कहाँ होलिन जिवनसँगिनी"

प्रभातको   मिर्मिरेमै   वनपाखा पो  ताक्छिन की ।
उनको लीला पुरैनै मेरो कल्पनाले ढाक्छिन की ।

 उनकै    सामुन्ने    प्रकृतिले   कैयौं   रुप    फेर्दो हो
 जवानीलाई    उनिचैं    विवशतामा  जाक्छिन   की ।

 शुन्यतामा    बसेर    जिन्दगीको  गोरेटोनै कल्पिदै
 अनायाशमा  शुसेलीले   बसन्तलाई  डाक्छिन की ।

 हाटबजार    मेलापात    गहिरी   खेतको   रोपाइँमा
 लेक र बेंसी  गुन्जिने  लोकभाका भाक्छिन की ।

 सयौं    फुलको    उध्धानमा प्रेमको द्रिस्यपान गर्दै
 मलाइ सम्झी एक धर्को सिन्दुरपो माग्छिन की ।

आनन्द भट्टराई "गाउँले"

गजल - "म विदेशिएपछी"

 विर्सेर नाता हाम्रो मस्तिमा सधैं भूलेर बस्छौ रे ।
 गाउकी   छोरी   तिमी   शहरतिर डुलेर बस्छौ रे ।

 संगैसंगै जिउने  विगतका वाचा के वाचा आज
 खै कसलाई कुन्नी शयनमा सधैं हुलेर बस्छौ रे ।

  म त केवल तिम्रो झुटो पनको शिकार न भएं
  आजकाल तिमी अर्कैको दिलमा फुलेर बस्छौ रे ।

 तोडेर    नाता  विर्सेर   प्रित   भयौनी  तिमी पराइ
 त्यसैले होकी गतिहिन वस्तिमा खुलेर बस्छौ रे ।

 यो निर्दोस सोझो गाउँलेकोत के वास्ता तिमीलाई
 हरेक   साँझ  ह्विस्कीको चुस्किमा झुलेर बस्छौ रे ।


 आनन्द भट्टराई "गाउँले"

Tuesday, April 26, 2011

गजल - 'के लाग्छ र'


मेरो बोली शिशाको गोली मान्छौ भने के लाग्छ र ।
दिगो माया खहरे खोली ठान्छौ भने के लाग्छ र ।

मुटु भित्र धड्कनसंगै धानिराख्छु भन्दा पनि
वाचा मेरो वतास सरि खान्छौ भने के लाग्छ र ।

खडेरीमा बाँचेर आँफु मेरो सागर सुम्पे पनि
मुगामोती सागर बाट छान्छौ भने के लाग्छ र । 

खुशी लिन चुकेनौ कहिं जति दिन्थें मैले सधैं
आज मेरो परेली रुझ्दा जान्छौ भने के लाग्छ र ।

मेरो मनको शिंहासनमा सजाएको एक चिनो
फिर्ता मागी तिम्रो तस्बिर लान्छौ भने के लाग्छ र ।


 आनन्द भट्टराई "गाउँले"

कविता - "भविस्य खोज्दै"

ज्यामिरको फेदमा झुल्केर
ज्यामिरेबाट वामे सर्दै
श्रिगणेश भयो जिन्दगिको यात्रा ।
तव लाग्न थाल्यो स्वतन्त्र जीवनलाई
तर्कुले र वाइमात्रा ।

'हलो जोत्यो खायो माम'
यो पुर्वजको परम्परालाई गोली मार्दै
भावना भित्रको स्वर्णिम सपना बोकी
मुटुमा शाहसको काँटी ठोकी
दौडीरहेछु,पौडिरहेछु
यो अनन्त दुनियाँमा
भविस्य खोज्दै ।

सिस्ने खोलाको चिसो पवनसँग दौतरीहरुले
चुलिढुङ्गामा वसी जवानीको मितेरी लाउंदा
मन वहलाउने सुरिलो स्वरमा
प्रिती फुलाउने गीत गाउंदा
म एक्लो एकोहोरो रुपमा
टोलाई रहेछु, वहकाइरहेछु
पुर्वी गोलार्धको एक हिउँले सेताम्मे टापुमा
भविस्य खोज्दै ।

कर्म र धर्मको बाटो वेग्लै भएपनि
मात्रित्व र भात्रित्वको जल अचाउंदै
म भित्र रहेको वन्धुत्वको भावना
चेलीहरुले दिएका अनेकौं शुभकामना
आमाको पोल्टोमा छाडेर
मात्रिवात्सल्य विनाको यो छुट्टै विश्वमा
चिच्याइरहेछु, गुहारिरहेछु
भविस्य खोज्दै ।

खोरियाको दर्शीढुङ्गाबाट लडिबुडी गर्दै झरेको
चिसो जरुवा पानीले दिएको आँत
हिंजोसम्म मौलाएको जवानीको मात
अव सँगसंगै विस्तारै हराउन थालिसक्यो
अझैपनी गन्तव्य के हो र कहाँ हो मेरो लागी ?
अझै अनिश्चित,
तैपनि यो विरानो वस्तीको विरानो कोठेवारिमा
आशाको रामनामी जपिरहेछु
जिवनको दियोमा तेल थपिरहेछु
भविस्य खोज्दै
केवल भविस्य खोज्दै ।


आनन्द भट्टराई "गाउँले"