यो पवित्र माया हाम्रो, गगनचुम्बी पारौं अब ।
टाढीएको देहलिला, एकै ठाउँमा नारौं अब ।
क्षितिज तोडी चुम्न तिमीलाई, आएँ म फर्केर
अधकल्चो जवानीलाई, सामिप्यले खारौँ अब ।
नक्षत्र ती आकाशमा, हाम्रै नीम्ति चम्किदैछन
तिनकै ज्योति लिएर, प्रितको विश्व चारौं अब ।
फुलैफुलको रणभुलमा, झुलेर नबसौँ भो
गन्तव्यमा लैजान, कसमको पुल तारौँ अब ।
यो फक्राउँदो फूल झार्न, सिमा तोडे दुनियाँले
उर्ली आ'को सुनामीलाई, शाहासले वारौँ अब ।
यो मायाको सिँढी चड्दै, गर्जिने त्यो मेघ तोडी
इर्स्यालु वादल पनि, वर्सा बनाइ झारौँ अब ।
आनन्द भट्टराई " गाउँले"

No comments:
Post a Comment