खुसिसाथ बाँच्ने मन दुखाएर रुन्न आमा ।
स्वाभिमान कोहिसामु चुकाएर रुन्न आमा ।
आइपर्ने कस्टहरु जिम्मेवारी लिन्छु सबै
निच भइ ठाडो शिर झुकाएर रुन्न आमा ।
बाचुन्जेल रमाएर सेवा गर्छु तिम्रो सधैं
सेवा गर्ने हातपाउ सुकाएर रुन्न आमा ।
विधाताको डडेलोले चाह सबै जलेपनी
यो मनको पिर व्याथा फुकाएर रुन्न आमा ।
यथार्थको भोगाइ यो दुई छाक खोले फाँडो
सुख भनि दु:ख जति लुकाएर रुन्न आमा ।
आनन्द भट्टराई "गाउँले"
नोट:- "घायल"को तरही मुसयरा ४ को आधारमा रचित गजल ।
No comments:
Post a Comment