लुकिछिपी तिम्रो वास किन खोली तार्यौ भन ।
अनयाशै आँशु झारी किन माया मार्यौ भन ।
मेरो साथ हुंदाहुंदै अर्को साथ चाहान्नथ्यौ
प्रतिज्ञा त्यो तोडी किन गाउँ वस्ती चार्यौ भन ।
अंगालोमा कसिकसी माया लियौ सधैं मेरो
छोडी सबै आज किन विचल्निमा पार्यौ भन ।
गुलावझैँ फक्रिएर तिम्रै शिरमा फुलिरहेँ
यो डालीको फूल टिपी कुन डालिमा सार्यौ भन ।
रुपवती गुणवती अप्सराको चाल थियो
आज कस्को मोहनीले फोस्रो रुप धार्यौ भन ।
आनन्द भट्टराई "गाउँले"
नोट:- "घायल"को तरही मुसयरा ३ को आधारमा रचित गजल ।

No comments:
Post a Comment