Sunday, June 30, 2013

गजल - 'दुखिको दु:ख...'


दुखिको दु:ख जान्नेलाई सलाम ।
निर्धाको बिन्ती मान्नेलाई सलाम ।

लेखेर गाथा नेपालको विश्वमा
राष्ट्रको छवि धान्नेलाई सलाम ।

पौरखी बनी लगाएर विवेक
आफैले आर्जि खानेलाई सलाम ।

कथित जात परवाह नगरि
रगत एकै ठान्नेलाई सलाम ।

फूलको बाटो आमालाई सुम्पेर
काँडाको बाटो छान्नेलाई सलाम ।


आनन्द भट्टराई 'गाउँले' 
खोटाङ  

Saturday, June 22, 2013

गजल - "मायालु गइन्..."


मायालु गइन् डाँडै काटेर तिर्सना बाँकी छ ।
खर्कमा बसी पिरती लाको सम्झना बाँकी छ ।

दिएर फेरि खोसेर लग्यो यै समयले
तै पनि अझै त्यो जवानीको बासना बाँकी छ ।

शुन्य थ्यो रात निर्दोसी दिन गल्ति हो मेरै
त्यसैले होला मुटुमा अझै वेदना बाँकी छ ।

बस्तिमा मेरो पुरानै मेघ नहट्दा अझै
पियार गर्दा पाएको मैले लाञ्छना बाँकी छ ।

मौलाएको यो कुरिती हाम्रो म उपरान्त
उखेली फ्याकुँ यो मेरो यौटै चाहना बाँकी छ ।


आनन्द भट्टराई 'गाउँले'
खोटाङ  

Friday, June 14, 2013

गजल - "अरु लडाई..."


अरु लडाई अघि जानेको भावना कस्तो ?
जति आर्जियो त्यति नपुग्ने चाहना कस्तो ?

सोचौँ त केही म मरि गए राष्ट्र त बाँच्छ
भनेर लड्ने ती शहिदको सपना कस्तो ?

बनको चरी हेरेर मैले सिक्नु छ केही
बाँच्नको लागि कठिनाईको सामना कस्तो ?

भन्दथ्यो उस्ले आँटेर अब क्यै गरि छाड्छु
साँच्चैनै होला हेरौं न उस्को साधना कस्तो ?

करुणा जागी रसाए आँखा पापीको पनि
ठालुको सामु त्यो निर्बलको वन्दना कस्तो ?


आनन्द भट्टराई 'गाउँले'
खोटाङ