पार्यौ मलाइ खाल्टोमा, मैले उचाइ ठान्दाठान्दै ।
ओइली झर्यौ तिमीत खै, मैले फूल मान्दामान्दै ।
इच्छा तिम्रो पूरा गर्न, चढाएँ मैले शिखरमा
ओर्लि गयौ के गरुँ म, पहाड बनी धान्दाधान्दै ।
बगैंचाको फुलहरुमा, तिमी एक फूल थियौ
फुत्काइ लाग्यो अर्कैले, पासो लगाइ तान्दातान्दै ।
पिरतिमा म, झरनाझैं झरेँ कैयौं भेल तरेँ
तर तिमी वगिछौ कहाँ, अर्कै संगी छान्दाछान्दै ।
फुलनै सम्झी भमरा भै, भुमिरहें वरिपरि
निरस छु आज, त्यो मेरो भुल भनि जान्दाजान्दै ।
आनन्द भट्टराई "गाउँले"

No comments:
Post a Comment