Wednesday, April 27, 2011

"एक मनोबाद"

प्रतिक्षारत    प्रकृतिको , लाली   अहिले   टर्यो होला ।
मकै   चोरि   खाने   एक्लेढेडु, दुधकोशी तर्यो होला ।

कौवा   ल्याउथ्यो  खबर,न्याउली गाउने गीत सधैं
तीनको सामु   नहुदा    म, कतै बसाइँ सर्यो होला ।

परदेशिनु    मेरो    कर्म,   मन     बुझाउँ   म    कसरी
म हिड्ने उकाली ओरालीमा,अब लेउ पर्‍यो होला ।

फांटिलो   पिपलडाँडा   बेँशीको,  पर्म   अनी   वेठिमा
खेत साउने   साँगे  दाईको, मन   त्यसै मर्यो होला ।

परिश्रमी    हात   यी,     विवशतामा   विदेशिए   कठै
घर   माथिको   व्याडमानै,   हरिण म्रीग चर्यो होला ।

वर्सा     याममा     रमेपनी,    चैत्रमासको    वैरागमा
ढुंग्रेबाँसले    वुढ्यौलीको,   वश्त्र    सबै   छर्यो  होला ।  

आनन्द भट्टराई, "गाउँले"

No comments:

Post a Comment