ज्यामिरको फेदमा झुल्केर
ज्यामिरेबाट वामे सर्दै
श्रिगणेश भयो जिन्दगिको यात्रा ।
तव लाग्न थाल्यो स्वतन्त्र जीवनलाई
तर्कुले र वाइमात्रा ।
'हलो जोत्यो खायो माम'
यो पुर्वजको परम्परालाई गोली मार्दै
भावना भित्रको स्वर्णिम सपना बोकी
मुटुमा शाहसको काँटी ठोकी
दौडीरहेछु,पौडिरहेछु
यो अनन्त दुनियाँमा
भविस्य खोज्दै ।
सिस्ने खोलाको चिसो पवनसँग दौतरीहरुले
चुलिढुङ्गामा वसी जवानीको मितेरी लाउंदा
मन वहलाउने सुरिलो स्वरमा
प्रिती फुलाउने गीत गाउंदा
म एक्लो एकोहोरो रुपमा
टोलाई रहेछु, वहकाइरहेछु
पुर्वी गोलार्धको एक हिउँले सेताम्मे टापुमा
भविस्य खोज्दै ।
कर्म र धर्मको बाटो वेग्लै भएपनि
मात्रित्व र भात्रित्वको जल अचाउंदै
म भित्र रहेको वन्धुत्वको भावना
चेलीहरुले दिएका अनेकौं शुभकामना
आमाको पोल्टोमा छाडेर
मात्रिवात्सल्य विनाको यो छुट्टै विश्वमा
चिच्याइरहेछु, गुहारिरहेछु
भविस्य खोज्दै ।
खोरियाको दर्शीढुङ्गाबाट लडिबुडी गर्दै झरेको
चिसो जरुवा पानीले दिएको आँत
हिंजोसम्म मौलाएको जवानीको मात
अव सँगसंगै विस्तारै हराउन थालिसक्यो
अझैपनी गन्तव्य के हो र कहाँ हो मेरो लागी ?
अझै अनिश्चित,
तैपनि यो विरानो वस्तीको विरानो कोठेवारिमा
आशाको रामनामी जपिरहेछु
जिवनको दियोमा तेल थपिरहेछु
भविस्य खोज्दै
केवल भविस्य खोज्दै ।
आनन्द भट्टराई "गाउँले"
ज्यामिरेबाट वामे सर्दै
श्रिगणेश भयो जिन्दगिको यात्रा ।
तव लाग्न थाल्यो स्वतन्त्र जीवनलाई
तर्कुले र वाइमात्रा ।
'हलो जोत्यो खायो माम'
यो पुर्वजको परम्परालाई गोली मार्दै
भावना भित्रको स्वर्णिम सपना बोकी
मुटुमा शाहसको काँटी ठोकी
दौडीरहेछु,पौडिरहेछु
यो अनन्त दुनियाँमा
भविस्य खोज्दै ।
सिस्ने खोलाको चिसो पवनसँग दौतरीहरुले
चुलिढुङ्गामा वसी जवानीको मितेरी लाउंदा
मन वहलाउने सुरिलो स्वरमा
प्रिती फुलाउने गीत गाउंदा
म एक्लो एकोहोरो रुपमा
टोलाई रहेछु, वहकाइरहेछु
पुर्वी गोलार्धको एक हिउँले सेताम्मे टापुमा
भविस्य खोज्दै ।
कर्म र धर्मको बाटो वेग्लै भएपनि
मात्रित्व र भात्रित्वको जल अचाउंदै
म भित्र रहेको वन्धुत्वको भावना
चेलीहरुले दिएका अनेकौं शुभकामना
आमाको पोल्टोमा छाडेर
मात्रिवात्सल्य विनाको यो छुट्टै विश्वमा
चिच्याइरहेछु, गुहारिरहेछु
भविस्य खोज्दै ।
खोरियाको दर्शीढुङ्गाबाट लडिबुडी गर्दै झरेको
चिसो जरुवा पानीले दिएको आँत
हिंजोसम्म मौलाएको जवानीको मात
अव सँगसंगै विस्तारै हराउन थालिसक्यो
अझैपनी गन्तव्य के हो र कहाँ हो मेरो लागी ?
अझै अनिश्चित,
तैपनि यो विरानो वस्तीको विरानो कोठेवारिमा
आशाको रामनामी जपिरहेछु
जिवनको दियोमा तेल थपिरहेछु
भविस्य खोज्दै
केवल भविस्य खोज्दै ।
आनन्द भट्टराई "गाउँले"
No comments:
Post a Comment