Friday, May 31, 2013

गजल - "अरु छोडी..."


अरु छोडी गरौं आज मझेरीका कुरा ।
किन त्यसै छायाँ परे पँधेरीका कुरा ।

साझा हाम्रो आगनिमा फाटो मात्रै किन
गरौं केही बन्धुत्व र मितेरिका कुरा ।

बाँकी बिर्ता मेची देखि काली सम्म हाम्रै
नगरौं भो साना तिना घडेरीका कुरा ।

झुटो बोली धेरै बोले हामी माझ आइ
छोडौं अब देशद्रोही अटेरिका कुरा ।

भ्रस्ट भयो न्यायलय न्याय दिन्न यस्ले
जनताले गरौं अब जाहेरिका कुरा ।


आनन्द भट्टराई 'गाउँले'
खोटाङ       

Friday, May 24, 2013

गजल - "बिर्सेर देशै..."


बिर्सेर देशै नसक जिउ भट्टीले ।
नगरे केही सराप्ला दाजै मट्टीले ।

मिलेर अब मात्रीको सेवा नगरे
नहोला भलो आँशुले हान्या झट्टीले ।

काटेको घाउ भरिए जसै देहको
मनको घाउ भरिन्न मलम पट्टीले ।

जित्नु छ युद्द लगाई आफ्नै विवेक
गोर्खाली अब नगरौँ गर्व कट्टीले ।


आनन्द भट्टराई 'गाउँले'
खोटाङ      

Sunday, May 5, 2013

गजल - "अप्सरा भन्दै..."

अप्सरा भन्दै फकायौ पापी ।
चाँदनी रात कटायौ पापी ।

छोडेर गयौ सकिन भुल्न
यादमा आइ सतायौ पापी ।

यो दीलबाट सुकेर गई
कुन दिल भित्र रसायौ पापी ?

मिलनको आशा राखिथेँ तर
विछोडको चिठ्ठी थमायौ पापी ।

निस्ठुरी बनी दिएर चोट
यो स्नेही आत्मा जलायौ पापी ।

झुकाइ मेरो सगरमाथा
मर्नु न बाँच्नु बनायौ पापी ।


आनन्द भट्टराई 'गाउँले'
खोटाङ