हजार टुक्रा गरि काटेनी मलाई, मर्दिन कहिल्यै ।
आमा बिर्सी स्वार्थमा, पराइको सेवा गर्दिन कहिल्यै ।
विजयको शिखर चुम्न म, भिरको यात्रा गर्छु बरु
शिवजीको नाम जप्दै, हारेर उँधो झर्दिन कहिल्यै ।
मेरै पारिलो पाखामा उब्जेको, पाउँदुरे ढीँडो छोडी
सित्ताको लागि म,सामन्तीको कित्तामा सर्दिन कहिल्यै ।
डटेर भिड्छु वैरी सँग, बन्छु शहिद आफैं बरु
तर शहिदको नाममा शतबिज, छर्दिन कहिल्यै ।
फुलको बाटो रोज्दै म, काँडामा हिँडाइ सन्ततीलाई
आमाको पेट राख्दै भोको, मेरो पेट भर्दिन कहिल्यै ।
आनन्द भट्टराई "गाउँले"

No comments:
Post a Comment