Wednesday, April 27, 2011

गजल - "पिरती"

पठाको छु चिनो मैले मायाको हाँसेर लाउनु है ।
गोधुलिमा कैली सँग मेरो पनि गीत गाउनु है ।

दुई  कोपिलाको  मायामा   कतै  वज्रपात  पर्छकी
फुलको  थाली   बोकेर   मन्दिर  पनि  धाउनु  है ।

अहिले रोपी भविस्यमा फक्राउनु छ माया हाम्रो
धाँजा फाट्ला बिचैबाट पिरतीको खेत साउनु है ।

धुरिबाटै   चुहिएर   माया   सुक्ला  छिट्टै वलेनी
वेलावखत  पिरतीको  छानो  तिमिले छाउनु है ।

मध्यान्नको शिर्सिरेले तिमीलाई निम्तो दिन्छुम
बेहुली    बनी    मुसुक्क   मुस्कुराउदै   आउनु   है ।


आनन्द भट्टराई , गाउँले

No comments:

Post a Comment