डग्दिन हेरिराख, तिम्रो आकाश खस्दा पनि ।
बाँधिन्न म कतै, वैंसको डोरीले कस्दा पनि ।
सधैं आकाश ओड्दै, माटो खाने मान्छे म त
मर्दिन म साँप भै, यो ह्रिदयमा डस्दा पनि ।
म त यसै माया खोज्ने, मायाको भिखारी न हुँ
डराउदिन तिमिलेनै, खरानी घस्दा पनि ।
हरपल एक्लै जिउन, सिकेको मान्छे म त
क्यै छैन तिमी अर्कै,मायाजालमा फस्दा पनि ।
यो रगतको खोलीले, तिमी प्यास मेट बरु
ढल्दिन म यै छातीमा, तिखो छुरा धस्दा पनि ।
आनन्द भट्टराई "गाउँले"
No comments:
Post a Comment