एउटी आमाले आफ्नो परदेश गएको छोरालाई सम्झदै मनमा के के कुरा सोच्लिन त ? अवस्य पनि अनगिन्ती । तिनै सोचाइ मध्ये केहीलाई आज म आमा भएर यो गजलको रुप दिने प्रयास गरेको छु । यहाँहरुलाई कस्तो लाग्यो होला त ?
गजल:-
विना कसर मेरो छोरा कसै सामु झुक्नुपर्यो की ।
शिखर चुम्ने लक्ष्य उस्को विचबाटै चुक्नुपर्यो की ।
रातमा जुन हेर्नु आमा मेरो याद आउंदा भन्थ्यो
चस्केर दुख्छ मुटु सधैं अघि बढ्दा रुक्नुपर्यो की ।
नत खबर नत चिठ्ठी परदेशको घामपानीमा
लखतरान भोकभोकै टुहुरोझैँ सुक्नुपर्यो की ।
बालापनको तातेताते मस्त निन्द्रा मेरो काखको
सपना देखि व्युँझी हेर्दा आफ्नै भाग्य थुक्नुपर्यो की ।
वलिन्द्र आँशु यहाँ मेरो हेरी वस्छु आउने बाटो
वार्हैकालको आँधीहुरी कस्टबाट लुक्नुपर्यो की ।
आनन्द भट्टराई "गाउँले"

No comments:
Post a Comment