प्रेमरुपी छुरी बनी यो छाती चिरेर गयौ ।
टाल्दा टाल्दै मायाको जाली तिमी छिरेर गयौ ।
नफाटोस प्रित भनि मन्दिरमा भाकी रहेँ
वेवास्तामै तिमी क्षितिज तोडी फिरेर गयौ ।
युगौं टिक्ने मायाको उचाइ मैले थपिरहें
तिमी त्यहि मायाको चुली बाटै गिरेर गयौ ।
मायाको वदला तिरले रोपी मुटुमा मेरो
यो जूनीको जीवनलाई सधैं पिरेर गयौ ।
चोखो माया वैशालु यौवन सुम्पेकै हो मैले
छोडी सबै मायाको रित्तो झोली भिरेर गयौ ।
आनन्द भट्टराई "गाउँले"
टाल्दा टाल्दै मायाको जाली तिमी छिरेर गयौ ।
नफाटोस प्रित भनि मन्दिरमा भाकी रहेँ
वेवास्तामै तिमी क्षितिज तोडी फिरेर गयौ ।
युगौं टिक्ने मायाको उचाइ मैले थपिरहें
तिमी त्यहि मायाको चुली बाटै गिरेर गयौ ।
मायाको वदला तिरले रोपी मुटुमा मेरो
यो जूनीको जीवनलाई सधैं पिरेर गयौ ।
चोखो माया वैशालु यौवन सुम्पेकै हो मैले
छोडी सबै मायाको रित्तो झोली भिरेर गयौ ।
आनन्द भट्टराई "गाउँले"
No comments:
Post a Comment