Saturday, September 14, 2013

गजल - "दर्शी ढुङ्गा र..."


दर्शी ढुङ्गा र चक्मकको के काम नभए झुलो ।
ए राष्ट्रपाले ढुकुटी चुहिने कहाँ छ दुलो ?

बौलायो भने बौलाहाहरूले मलाइ उल्टै
भनेथेँ मैले आत्मा त हुन्न नी सानो र ठुलो ।

भन्छ रे उस्ले अध्यारो पार्दिन्छु संसारै मेरो
तर हे दैव उस्को चैं आँखामा नपरोस् फुलो ।

उडेर गयो मनको आशा त निराशा भइ
जसरी उड्छ चैतको मासमा धर्तीको धुलो ।

नबसौं फाल्तु बढेर कुरिती हरायो न्याय
कहाँ छ खोजौँ जनताको लागि राष्ट्रको तुलो ।


आनन्द भट्टराई 'गाउँले'
खोटाङ             

No comments:

Post a Comment