गननका लाखौं तारामा देख्न सकिन तिम्लाइ ।
चाहेर कुनै शब्दमा लेख्न सकिन तिम्लाइ ।
बनेर आँधी बहेर गयौ गल्ति क्यै भयो की
बलिन्द्र आँशु झारेर छेक्न सकिन तिम्लाइ ।
कुञ्जमा फुल्यौ रहर लाग्दो बसन्त सजाइ
म डाली बनी सदैब थेग्न सकिन तिम्लाइ ।
चाहान्थें आँफै तुसारोबाट सदालाई मुक्ति
प्रभातको न्यानो रश्मी भै सेक्न सकिन तिम्लाइ ।
थाहा छ राम्रो म तिम्रो हैन तिमी मेरि हैनौ
तै पनि किन मनबाट मेट्न सकिन तिम्लाइ ।
आनन्द भट्टराई 'गाउँले'
खोटाङ
No comments:
Post a Comment