गोर्खाली हुन् रे विश्वकै बीर ।
रुँदैछ गोर्खा गडेर झिर ।
काखमा छोरा लडेको हेरी
कतिन्जेल झुक्ने आमाको शिर ।
पौरखी युवा गाउँमा छैनन्
के सम्म हुन्थ्यो यो तारे भीर ।
भाइचाराको आदर्श खोक्दै
ए बन्धु एतै नहान तीर ।
बग्छकी फेरि खुनैको खोली
मलाइ लाग्छ भोलिको पीर ।
आनन्द भट्टराई 'गाउँले'
खोटाङ