चाहान्न भो कुनै तारा नझार ओ प्रिया ।
मेरो सामु तिम्रो प्रभा नपार ओ प्रिया ।
छोडी जाउ सहुँला म जति हुन्छ पीडा
तर बिन्ती मोहनीले नमार ओ प्रिया ।
नछुट्नु थ्यो छुट्यो साथ तिमी अन्तै रम्नु
उपरान्त मेरो बाटो नबार ओ प्रिया ।
मायामा त आँशु पनि हुँदो रैछ बुझेँ
मैले पिएँ तिम्ले पनि स्वीकार ओ प्रिया ।
चाहना छ अझै पनि मग्मगाइ फुल्ने
मेरो कुञ्ज मरुभुमी नपार ओ प्रिया ।
आनन्द भट्टराई 'गाउँले'
खोटाङ
No comments:
Post a Comment