अधुरो तिम्रो मायाको देको पोल्दैछ घाउ ।
निर्दयी बनि मुटुमा पीडा घोल्दैछ घाउ ।
रमेर संधै सयर गर्ने कल्पना ऐले
रोयर भित्र यथार्थ यहाँ बोल्दैछ घाउ ।
किशोरी तिमी किशोर म थें भावना फुल्थ्यो
तर नटिक्ने त्यो तितो सत्य खोल्दैछ घाउ ।
उघारी आँखा फाटेको गगन रोएर हेर्दै
फाटिन आँफै बहको पानी ढोल्दैछ घाउ ।
खपेर पीडा थाकेर अब पाउँन मुक्ति
रहेको बाँकी जीवनको आयू मोल्दैछ घाउ ।
आनन्द भट्टराई 'गाउँले'
खोटाङ
No comments:
Post a Comment