Friday, May 31, 2013

गजल - "अरु छोडी..."


अरु छोडी गरौं आज मझेरीका कुरा ।
किन त्यसै छायाँ परे पँधेरीका कुरा ।

साझा हाम्रो आगनिमा फाटो मात्रै किन
गरौं केही बन्धुत्व र मितेरिका कुरा ।

बाँकी बिर्ता मेची देखि काली सम्म हाम्रै
नगरौं भो साना तिना घडेरीका कुरा ।

झुटो बोली धेरै बोले हामी माझ आइ
छोडौं अब देशद्रोही अटेरिका कुरा ।

भ्रस्ट भयो न्यायलय न्याय दिन्न यस्ले
जनताले गरौं अब जाहेरिका कुरा ।


आनन्द भट्टराई 'गाउँले'
खोटाङ       

No comments:

Post a Comment