प्रेमी : ला'को हैन पिरती रुपै मात्र हेरेर ।
जाने हौकी चटक्कै फेरि दिल फेरेर ।
प्रियसी : के भनेको तिमिले? फुट्ने गरि यो मुटु
माया साँची राख्नेछु पछ्यौरीले बेरेर ।
प्रेमी : मनको बह पोखाएँ सहयात्री सम्झेर
दु:ख दियो भन्यौ की व्यर्थै मन केरेर ।
प्रियसी : अजम्बरी माया त हुन्छ यस्तै जोडीमा
जहाँ बुझ्छन् दुवैले दुवैलाई खेरेर ।
प्रेमी : ऐले मन अल्झियो चौबन्दीको तुनामा
भोलि पक्कै आउँछ नियतिले घेरेर ।
प्रियसी: बज्रै किन नपरोस् साँचो माया डग्दैन
हाँसी हाँसी बाँचौला पिर व्याथा सेरेर ।
आनन्द भट्टराई "गाउँले"
खोटाङ

No comments:
Post a Comment