जीवन हो फुलबारी जिन्दगीको गोरेटोमा ।
युक्ती भए हुन्न भारी जिन्दगीको गोरेटोमा ।
पसिना र विवेकको संगम हो जिन्दगी यो
साथ लिए तार्छ पारी जिन्दगीको गोरेटोमा ।
अघिल्तिर छरिएका काँडाहरु नपन्साए
हुन्न जित आँशु झारी जिन्दगीको गोरेटोमा ।
विधाताको विधान हो सङ्गै अघि बढ्नु पर्छ
सहयात्री नरनारी जिन्दगीको गोरेटोमा ।
यात्रा हाम्रो टुङ्गिन्छनै तर बाटो नटुङ्गे'नी
रुक्नु हुन्न आफै हारी जिन्दगीको गोरेटोमा ।
आनन्द भट्टराई "गाउँले"
खोटाङ
नोट:- 'घायल'को तरही मुसायरा भाग १६ को आधारमा रचित गजल ।
No comments:
Post a Comment