अनगिन्ती पीडा बोकी हाँस्न पनि मानेन मन । भोलि पोख्ने प्रीत प्याला साँच्न पनि मानेन मन । हेर्दा हेर्दै फुल्न थाल्यौ पराईको फुलबारिमा पहिलेनै तिम्रो बोट भाँच्न पनि मानेन मन । विश्वासले अङ्गालेथें तर रै'छौ स्वार्थी भमरा त्यो बेलामा तिम्रो माया जाँच्न पनि मानेन मन । लाली देख्छु ओठै पिच्छे जगतमा म चैं अभागी पराईको खुशी संगै नाच्न पनि मानेन मन । चोट लीइ बाँचिराथें उही तिमी छोडी जानेको उपरान्त रोइ रोइ बाँच्न पनि मनेन मन । आनन्द भट्टराई "गाउँले" खोटाङ नोट:- 'घायल'को तरही मुसायरा भाग १५ को आधारमा रचित गजल । |
No comments:
Post a Comment