जीवन !
के हो जीवन ?
'आँशु' हो की 'हाँसो' जीवन ?
'कर्म' हो की 'धर्म' जीवन ?
'उदय' हो की 'अस्त' जीवन ?
अहँ,
यती मात्र हैन ।
आज किन जीवनको परिभासामा अल्झिएँ ?
किन भित्र भित्रै जीवन सँग सल्किएँ ?
वित्यो नी
साँढे दुई दशक !
आफैले जीवन पाएको ।
तर किन अझै अपरिचित छु म
प्रकृतिको उपहार - जीवन
जहाँ मान्छे आफ्नो अनुकुल रम्छ
उही प्रकृतिको लालित्यपुर्ण सदाबहार जवानीलाई उपयोग गरेर ।
प्रकृति छैन त मान्छे बाँच्छ कसरी ?
मान्छे छैन त प्रकृतिको औचित्य के ?
उनको सौन्दर्यको बयान कस्ले गर्ने ?
उनको गर्भ भित्र रहेका हिरा मोतीको चिनारी कस्ले गर्ने ?
त्यसैले,
बाँचुन्जेल प्रकृति सँगको सुमधुर प्रेम सम्बन्ध पनि हो जीवन ।
मान्छे,
जन्मन्छ
हुर्कन्छ
अनी मर्छ ।
यी चरण भित्र
अनेकौँ विलासितामा रम्छ ।
आफ्नो स्वार्थमा अरु भौतिक ज्यान मार्छ ।
प्रकृतिको देनहरु नस्ट गर्छ ।
सकेसम्म सबै पक्षमा आफ्नो हैकम राख्छ ।
यही हो त जीवन ?
अहँ, हैन ।
यो त भयो प्रकृतिको उपहाश, मानवताको दुरुपयोग ।
अर्को पाटो,
मान्छे जन्मे देखिनै
अनेकौँ कस्टहरुसँग सिंगौरी खेल्छ, मुकाविला गर्छ ।
एक जिवनमै
कैयौं पटक मर्छ अनी बाँच्छ ।
आफु बाँचेर अर्कोलाई बाँच्न सघाउँछ ।
ईश्वरको नाममा दान गर्छ
परम पुण्यको लागि ।
जिउँने क्रममै
अनगिन्ती सद्गुण, चेतना लिन्छ
र बाँचुन्जेल शिरोपर गर्छ ।
अनी भावी पुस्तालाई बाँड्छ चीर स्थाई हुनेगरी,
तब उस्ले राख्छ :
आफु जिउनुको मह्त्व
आफ्नो जीवनको सारतत्व
अत: अनन्त बलिरहन्छ चेतनाको दियालो बनेर ।
अनी विस्तारै
आफ्नो भौतिक ज्यान छोडेर
भौतिक जीवन टुङ्ग्याएर
लम्किन्छ
अद्रिश्य विश्व तर्फ
जुन विश्व भौतिक शरीरले देख्दैन, भेट्दैन
चाहेर पनि पाउँदैन ।
यस्तै यस्तै अनगिन्ती भावनामा
डुबुल्कि मारी उत्रेपछी
म परिभासा दिंदैछु आज जीवनको यसरी :
"जीवन एक वाध्यात्मक मृत्युको पर्खाइ हो जो केही नगरी रहन सक्दैन चाहे त्यो सकारात्मक होस वा नकारात्मक जब सम्म यो बाँचेको हुन्छ ।"
आनन्द भट्टराई "गाउँले"
No comments:
Post a Comment