Sunday, August 25, 2013

गजल - "जहिल्यै भन्छौ..."


जहिल्यै भन्छौ पडेको मान्छे म ।
कहिले भन्छौ? लडेको मान्छे म ।

कहन्छु म त यथार्थ मेरो यो
मुटुमा झीर गडेको मान्छे म ।

जलायो कस्ले? था छैन मलाइ
नमरी ज्यूँदै डडेको मान्छे म । ...

यो निर्धो सामु उ यस्तो भन्छ की
जन्मदै हीरा जडेको मान्छे म ।

जस्ले जे भनोस् यो धुर्व सत्य हो
फुत्किने सासमा अडेको मान्छे म ।



आनन्द भट्टराई 'गाउँले'
खोटाङ

गीत - ए दाइ ए भाइ.....


ए दाइ ए भाइ नभुल है अभिभारा
हेर न हेर बैरीले घेरिसके सारा
जुरुक्क उठन बुरुक्क उफ्रन
हामी पनि लेखौँ एक दुई धारा

झिस्मिसे त गैसक्यो
पूर्वमा लाली छाइसक्यो
उठौँ अब जुटेर गोली र बोली लिएर ...
लडौँ रणभुमीमा बैरीको रगत पिएर
ए दाइ ए भाइ.....

भाइचारा हाम्रो ढल्यो यहाँ
सामन्ती जरा गड्यो यहाँ
पराईले आगनिमा धम्क्याएर भुक्दै छ
झन्डा हाम्रो झुक्दै छ किनकी सपूत लुक्दै छ
ए दाइ ए भाइ.....

शिवको सृस्‍टि बुद्धको ज्ञान बचाउँनु छ हामिले
पौरखले मेची काली सजाउँनु छ हामिले
अब हामि नजागे सगरमाथा झुक्छ है
हातेमालो नगरे विश्वमा नेपाल लुक्छ है
ए दाइ ए भाइ.....

आनन्द भट्टराई 'गाउँले'
खोटाङ

Monday, July 15, 2013

गीत - शीशाझैँ फुटेको....


शीशाझैँ फुटेको छ मेरो छुट्टै प्रेम कहानी ।
पात भै झरेको छ मेरो छुट्टै प्रेम कहानी ।

उदायो चाँदनी अस्ताइन् उनी बाचा गरेर
सोचेथें पालुवा ओइलाई त्यसै झर्यो सुकेर
वेदना लेखेको रहेछ मेरो  वियोगी भाग्य
यो गीतै काफी, भैगो लेख्दिन म कुनै काव्य
शीशाझैँ फुटेको.......................................

के जादु थियो र अल्झिन पुगेँ त्यहि फूलमा
विवश भै आज विध्यारानीको दिएँ उपमा
सिर्सिरे वतास आएछ आज झझल्को लिएर
एक थुङ्गा फूल गुमेको पल ती आँशु पिएर
शीशाझैँ फुटेको........................................


आनन्द भट्टराई 'गाउँले'
खोटाङ            

Friday, July 5, 2013

गजल - "मैतालुझैं..."


मैतालुझैं सर्माएर पर्खी बसेँ जुनेलिमा ।
जवानीले तिर्खाएर पर्खी बसेँ जुनेलिमा ।

चन्द्रमाले सोधी रहिन् एक्लै कुर्यौ कस्को लागि?
तै पनि म टोलाएर पर्खी बसेँ जुनेलिमा ।

भुक्तभोगी अरु जोडी आइ बस्दा मेरै सामु
आफैलाई तड्पाएर पर्खी बसेँ जुनेलिमा ।

पियाराको बाटो हेरी नयनले दिक्क मान्दा
उस्को प्यार सम्झाएर पर्खी बसेँ जुनेलिमा ।

ताप धेरै उच्च भयो चाह पग्ली पानी भयो
त्यहि पानी बगाएर पर्खी बसेँ जुनेलिमा ।


आनन्द भट्टराई 'गाउँले'
खोटाङ