सुकेर जिउ भएछ खैला ।
के गर्छौ दाजै द्रव्यका थैला ।
नदाइकन गोठको बहर
भाँच्चिएछ त जुवाको सैला ।
तिम्रो पो छ त भित्तामा यौटा
मेरो त सयौ छानामा दैला ।
जो सँग जे छ त्यै बोकी जुटौँ
नगरि अब यो खैलाबैला ।
राष्ट्रको धेरै झुपडिमा छन्
नपाई पानी सुकेका घैला ।
सुग्गरी हुन मन त थियो
पाएँछु तर भाग्यनै मैला ।
यो जिन्दगीको रैनछ भर
अहिले दाउरा भोलि त कैला ।
आनन्द भट्टराई 'गाउँले'
खोटाङ